
काठमाडौं । कोरोना खोपका लागि राष्ट्रपतिले गरेको पहलमाथि प्रश्न उठाइएको भन्दै पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले असन्तुष्टि जनाउनुभएको छ ।
पार्टी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिने क्रममा उहाँले आलोचना गर्नेहरूले खोप ल्याएर नागरिकहरूको जीवन रक्षा गर्नु ठूलो हो भन्ने न्यूनमत मानवीयता समेत नराखेको टिप्पणी गर्नुभयो ।
राष्ट्रपति भण्डारीले कोरोना खोपका लागि चीन, भारत, अमेरिका र रुसका राष्ट्रपतिहरूलाई पत्र पठाउनुका साथै चिनियाँ राष्ट्रपति सी चिनफिङसँग टेलिफोन वार्ता गर्नुभएको थियो ।
परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपतिको सक्रियताका विषयमा आएका टिप्पणीहरू देख्दा आफूलाई विरक्त लाग्ने गरेको प्रतिक्रिया दिँदै जहाँ कार्यकारी राष्ट्रपति हुन्छन् त्यहाँ राष्ट्रपतिको तर्फबाटै कुराकानी हुने स्पष्ट पार्नुभयो ।
आलोचना गर्नेहरूले सामान्य प्रोटोकल समेत ख्याल नगरेको उहाँको गुनासो छ । परराष्ट्रमन्त्री ज्ञवालीले यस्ता मामिलामा राजनीतिक प्रश्न नगर्न समेत आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्