
काठमाडौं । जङ्गलमा बेवारिसे अवस्थामा भेटिएको सेतो रतुवा मृगलाई सदर चिडियाखाना जावलाखेलमा ल्याइएको छ ।
घाँस काट्न जाँदा मानिसले भेटेर ल्याइएको सेतो रतुवा मृगलाई सब डिभिजन वन कार्यालय खोपासी र डिभिजन वन कार्यालय काभ्रेले सदर चिडियाखानालाई जिम्मा लगाएको हो ।

चिडियाखानाका भेटनिरियन डा. पर्वतजंग थापाले सेतो रतुवामृग चिडियाखानाले जिम्मा लिएको जानकारी दिनुभयो । यो प्रजातिको मृग लाखौँमा एक मात्रै भेटिने भन्दै लोपोन्मुख अवस्थामा रहेको उहाँले बताउनुभयो ।
उद्दार गरिएका जनावरहरू प्राकृतिक वातावरणमा रम्नसक्ने अवस्था भए प्राकृतिक वातावरणमै छाडिदिने र जीवन संकट पर्दा चिडियाखानामै राखेर संरक्षण गरिने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्