
काठमाडौं । सत्ता कब्जा गरेको चार महिनापछि पनि म्यानमारको सेना प्रदर्शन रोक्न असफल भएको छ ।
प्रजातन्त्रको पुर्नवाहली र नेतृ आङसाङ सूकीसहितका नेताहरूको रिहाइको माग गर्दै अहिले पनि विभिन्न क्षेत्रमा प्रदर्शन भएको छ । प्रजातन्त्रवादी समर्थकहरू धेरै जिल्लाहरूमा मंगलबार सडकमा उत्रेका छन् ।
प्रमुख व्यापारिक केन्द्र यान्गुनमा युवा प्रदर्शनकारीहरूको एउटा ठूलो समूहले सेनाविरोधी प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा थुप्रै स्थानमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच व्यापक झडप भएको छ । सेनाका तर्फबाट थुप्रै पटक फायरिङ भएको सामाचार संस्था रोयटर्सले जनाएको छ ।
प्रदर्शनकारीमाथि सुरक्षा बलको क्रुर कारबाहीका कारण म्यानमारको सेनाविरुद्ध विश्व समुदायले आलोचना गरिरहेका छन् । यद्यपि म्यानमारको सेनाले आंग सान सुकी र उनको पार्टीका वरिष्ठ नेताहरूलाई अझै रिहा गरेको छैन ।
जसका कारण देशव्यापी विरोध प्रदर्शन र हड्तालहरू निम्त्याएको थियो ।
प्रतिक्रिया दिनुहोस्