१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जंगली हात्तीलाई मान्छेको अवरोध


0
Shares

सर्लाही । करिव एक महिनादेखि सर्लाहीको चुरे क्षेत्रमा देखिएको हात्तीको एक समूहले मान्छेको अवरोध सामना गरिरहेको छ ।

पूर्वी चुरेको जंगलमा देखिएको तीन हात्तीको समूहलाई स्थानीयले जिस्काउने, अवरोध गर्ने र लखेट्ने गरेका हुन्, जसका कारण बेलाबेला हात्तीको समूह बस्तीमा आइपुग्ने गरेको छ ।

सामान्यतया चुरेको जंगलमा बसेको हात्तीको समूहलाई छेउछाउका स्थानीयले जिस्काउने गरेका कारण बेलाबेला बस्ती पस्ने गर्छन । कतिपय स्थानमा मानवीय अवरोधका कारण फाटफुट घर भत्काउने र भण्डारण गरिएको अन्नपात खाने गरेको छ ।

अहिलेको हात्तीको समूहले मानवीय क्षति नगरेको भएपनि करिव एक र्दजन घरबार भत्काएको छ । चुरेमा देखिएको हात्तीको समूह अहिले राजमार्ग छेउछाउ आइपुगेका छन ।

दिनभरि जंगलमा बस्ने र रातपरेपछि त्यस क्षेत्रको बस्ती हुँदै पश्चिम जान खोज्दा हात्तीले मानवीय आतंक भोग्नुपरेको जिल्ला वन कार्यालयका प्रमुख माधव देवले बताउनुभयो ।