७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


नेपाललाई फ्रान्स सरकारद्वारा स्वास्थ्य समाग्री सहयोग


0
Shares

काठमाडौं । नेपाललाई फ्रान्स सरकारले स्वास्थ्य समाग्री सहयोग गरेको छ । कोभिड(१९ महामारी रोकथाम तथा न्यूनीकरणका लागि फ्रान्सले स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोइस जेभियर लेजरले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई स्वास्थ्य सामग्री हस्तारण गर्नु भएको हो । फ्रान्सले ५ लाख ४ हजार थान एफएफपी २ मास्क , २० हजार ,२२ एन्टिजेन टेस्ट किट र १२ हजार फेससिल्डलगायतका स्वास्थ्य सामग्री एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको हो ।

फ्रान्स सरकार र त्यहाँका नागरिकको तर्फबाट परीक्षण किट र स्वास्थ्य सामग्रीसहितको हवाइ जहाज पठाएकोमा नेपाल सरकारले धन्यवाद दिएको छ ।