२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


इजरायलमा नेतान्याहुलाई हटाएर `मिलिजुली` सरकार बनाउन विपक्षी दलहरु सहमत


0
Shares

एजेन्सी । इजराइलका विपक्षी दलहरु मिलिजुली सरकार बनाउन सहमत भएका छन् ।

मध्यपन्थी यश अतिद पार्टीका नेता यायर लेपिडले नयाँ सरकार गठनको लागि विभिन्न ८ दलहरुबिच गठबन्धन बनाउने सहमति जुटेको छ ।

यसले इजराईलमा प्रधनमन्त्री बेन्जामिन नेतेन्याहुको १२ वर्षे शाशन तत्कालका लागि अन्त्य हुने देखिएको छ ।

निर्वाचनमा कसैले पनि बहुमत ल्याउन नसकेपछि र गठबन्धन सरकार बनाउन पनि नसकेपछि इजराईलमा पछिल्लो दुई वर्षमा चार पटक आम निर्वाचन भएको थियो ।

अहिले भने विपक्षी घटकहरुविच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको छ ।

जस अनुसार दक्षिणपन्थी यामिना पार्टीको नेता नफ्तालि बेनेट अब प्रधानमन्त्री बन्नेछन् ।

उनी सन् २०२३ को अगष्ट २७ सम्म प्रधानमन्त्रीको कुर्सीमा रहनेछन् । त्यसपछि यश अतिद पार्टीका नेता यायर लेपिड प्रधानमन्त्री बन्नेछन् ।

नयाँ सहमतिबारे विपक्षी गठबन्धनले राष्ट्रपति रुभेन रिब्लीनलाई जानकारी गराएका छन् ।

अब संसदबाट विश्वाशको मत प्राप्त गरेपछि बेनेटले प्रधानमन्त्री नेतेन्याहुलाई विस्थापन गर्नेछन् ।