१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रदेश १ को बजेट अधिवेशन जेठ २४ देखि


0
Shares

काठमाडौं । प्रदेश १ सरकारले यही जेठ २४ गते बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ ।

आज बिहान बसेको प्रदेश मन्त्रिपरिषद बैठकले जेठ २४ गते सोमवार दिउँसो २ बजे बजेट अधिवेशन डाक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो ।

यो निर्णय अनुसार अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको उहाँले बताउनुभयो ।

अधिवेशन आह्वान र अन्त्य प्रदेश प्रमुखबाट हुने संवैधानिक व्यवस्था छ ।

कोरोना महामारीलाई कारण देखाउँदै समयमा प्रदेशसभा अधिवेशन नबोलाएको प्रदेश १ सरकारले यसअघि आर्थिक कार्यविधि ऐन २०७४ संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको थियो ।

कार्यविधिमा १५ दिनअघि पूर्वबजेट छलफल गर्नुपर्ने प्रावधानलाई संशोधन गरी पाँच दिन बनाइएको छ ।