
काठमाडौं । बुधबार दोहोरो अंकको सुधार आएको शेयर बजारमा कारोबार हुने साताको अन्तिम दिन शेयर बजार परिसुचकमा ऐतिहासिक रेकर्ड कायम भयो ।
बिहिबार उतारचढावबीच बजार परिसुचक नेप्से २९ अंकले उकालो लागेर २८ सय ५६ विन्दुमा पुगेर थामिँदा १६ अर्ब बढीको कारोबार भयो । यसदिन कारोबार भएका अधिकांश समूहमा सुधार आएसँगै नेप्से पनि उकालो लागेको हो ।
यसदिन विकास बैंक समुह सबैभन्दा उच्च १ सय ४६ अंकले उकालो लाग्दा होटल तथा पर्यटन समूह १ सय १७ अंकले उकालो लाग्यो । वाणिज्य बैंक, उत्पादनमुलक, वित्त र लघुवित्त समूह दोहोरो अंकले उकालो लाग्दा जलविद्युत, निर्जिवन र अन्य समुह दोहोरै अंकले ओरालो लागे ।
९९ कम्पनीको शेयर मुल्य बढ्दा ८१ कम्पनीको शेयर मुल्य घटेको बिहीबार मन्जुश्री फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी कमाउँदा पन्चकन्यामाइ हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढि गुमाए ।
यसदिन २ सय १८ कम्पनीको ३ करोड ४६ लाख कित्ता शेयर किनबेच हुँदा १६ अर्ब ९० करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्