१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमालेको ओली पक्षीय स्थायी समिति बैठक आज पनि स्थगित


0
Shares

काठमाडौं । नेकपा एमाले ओलीपक्षको स्थायी समिति बैठक आज पनि स्थगित भएको छ ।

४ बजे लाई बोलाइएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभएको थियो ।

यस अघि हिजो बोलाइएको बैठक आजका लागि सारिएको थियो । पार्टीभित्र चर्केको अन्तरसंघर्षबारे अनौपचारिक छलफल भैरहेकाले बैठक स्थगित भएको बताइएको छ ।

आजै एमाले माधव नेपाल समुहको केन्द्रीय समितिको भर्चुअल बैठक बसिरहेको छ । वरिष्ठ नेता नेपाल पार्टी अध्यक्ष ओलीकै कारण अब एकता टर्दै गएको निष्कर्षमा पुग्नुभएको बेला आजको बैठकलाई महत्वका साथ हरिएको छ ।