
फाइल तस्विर
केदार कटुवाल
उदयपुर । कोभिड–१९ संक्रमणका कारण एक सातामा एकै परिवारका तीनजना मृत्यु भएको छ ।
उदयपुरको रौतामाई गाउँपालिका–७ मुर्कुचीका ७१ वर्षीया वृद्धा र उनका दुई छोराको एक साताभित्र मृत्यु भएको हो ।
वृद्धाको बिहीबार बिहान मृत्यु हुँदा शनिबार ४५ वर्षीय साइँलो छोरा र मंगलबार ५० वर्षीय जेठो छोराको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
छोराहरुसँगै दुई साता अघि संक्रमित भएकी मगरको बिहिबार बिहान मृत्यु भएको जनस्वास्थ्य प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयो ।
दुई छोराहरूको विराटनगस्थित विराट मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो भने आमाले होम आइसोलेसनमै ज्यान गएको हो ।
उदयपुरमा दोश्रो भेरियन्टको कोभिडले मृत्युु हुनेको संख्या ३७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्