१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


पाकिस्तानी सुपर लिग जुन ९ बाट सुरु हुने


0
Shares

एजेन्सी । पाकिस्तान सुपर लिग (पीएसएल) टी–ट्वान्टी क्रिकेटको बाँकी खेलहरु यही जुन ९ बाट सुरु हुने भएको छ ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पीएसएलको बाँकी खेलहरु जुन ९ बाट सुरु हुने जनाएको छ ।

पहिलो खेलमा लाहोर क्वालान्दर्स र इस्लामावाद युनाईटेडबीच खेल हुनेछ ।

युएईको अबुधाबीमा आयोजना हुने पीएसएलको फाइनल खेल जुन २४ गते हुनेछ ।

पाकिस्तान क्रिकेट बोर्डले पाकिस्तानी टिम घरेलु टिमसँगको सिरिजका लागि जुन २५ गते इंग्ल्यान्ड प्रस्थान गर्ने समेत जनाएको छ ।

कोरोना महामारीका कारण प्रतियोगिताको बाँकी खेलहरु युएईमा हुन लागेको हो ।

फ्रेन्चाइज टिमले बाँकी रहेको खेलहरु युएईमा आयोजना गर्न आग्रह गरेपछि पीसीबीले युएईसामु प्रस्ताव गरेको हो ।