
सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिकाले ८५ बेडको आईसोलेसन निर्माण गरेर प्रयोगमा ल्याएको छ ।
सोलुदूधकुण्ड–४ फाप्लुमा क्वारेन्टीन र आईसोलेसन बेड थप गरेको मेयर नाम्गेलजाङबु शेर्पाले जानकारी दिनुभयो ।
अक्सिजनसहितका अन्य उपकरण समेत व्यवस्था गरिएको र क्वारेन्टीनमा कोरोना संक्रमित आरामले बस्न सक्ने मेयर शेर्पाले बताउनुभयो ।
कोरोना परीक्षणको दायरा बढाएको नगरपालिकाले जटिल प्रकारको कोरोना संक्रमितको उद्धारका लागि दुई भन्दा बढी एम्बुलेन्स तयारीमा अवस्थामा राखेको छ ।
प्रतिक्रिया दिनुहोस्