
काठमाडौं । ‘अतिथि घर’ नामक एपको लोगो सहितको झण्डा सर्वोच्च शिखर सगरमाथामा फहराईएको छ ।
संसारको जुनसुकै ठाउँबाट नेपाली होटलको कोठा बुक गर्न सकिने अतिथि घर एप सगरमाथामा पहिलो पटक फहराईएको हो । एप मध्य अतिथि घर नामक एपको लोगोसहितको झण्डा सगरमाथामा फहराईएको यो पहिलो एप बनेको छ ।
पर्यटन व्यवसायी एंव एपका निर्देशक विश्वपुरीले हिमाल आरोहि एंव एप संञ्चालक टिमका सदस्य मिङ्मा डेबिट शेर्पाले एपको लोगोसहितको झण्डा सगरमाथाको चुचुरोमा पु¥याएको बताउनुभयो ।
अतिथि गृह डटकमले तयार पारेको यो एप एन्ड्रोइड र आईओएस दुबैमा डाउनलोड गर्न सकीने बताईएको छ । पर्यटन ब्यवसायी बिश्व पुरी, मेघ आले, मिङमा डेबिट शेर्पा, अजय खड्का र सुजन सुवदीको युवा समूहले एप सञ्चालनमा ल्याएको हो ।
यती टेक कम्पनी मार्फत एप सञ्चालनमा ल्याईएको हो । नेपाल भरका सबै होटललाई एपमा सूचीकृत गर्ने लक्ष्य रहेको निर्देशक पुरीेले जानकारी दिनुभयो । एप मार्फत एकसय भन्दा बढी र्होटल बुकीङ गर्न सकीने छ ।
शहर लगायत पहाडि र हिमाली क्षेत्रका होटलसमेत यो एप मार्फत बुकीङ गर्न सकीने छ । यो भन्दा पहिले भारतीय एप ओयोेबाट होटल बुकीङ गर्नु पर्ने बाध्यता थियो ।
ओयोमार्फत धरै नेपाली रुपैया बिदेशीएपछि ओयो एप नेपालबाट हटी सकेको छ । ओयो हटेसंगै अतिथि घर एप नया र भरपर्दो नेपाली एप आएको हो । बार्षिक रुपमा बिदेशिने मुद्रासुमेत मुलुकमै सञ्चित हुने छ ।
यो एपबाट होटल बुकीङ गर्दा ग्राहकले फोन पे, इसेवा र जुनसुकै देशको मास्टरकार्डबाट पनि पैसा तिर्न सकीने छ । यस एपमा अहिले काठमाडौ, भक्तपुर, ललितपुरगरी ५० होटल छन् ।
सस्तोदेखि महङ्गा होटल एप मार्फत बुकीङ गर्न सकीन्छ भने एपमार्फत बुकीङ गर्दा सस्तो र सजिलोसमेत पर्ने निर्देशक पुरीको भनाई छ ।
होटल खोज्न सहज होस भनेर एप सञ्चालनमा ल्याईएको उहाँको भनाई छ । महामारी सकीए लगतै बिभिन्न योजना ल्याएर आन्तरिक पर्यटन प्रवृद्धन गर्ने पुरीको योजना छ ।
प्रतिक्रिया दिनुहोस्