१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोना संक्रमितलाई घर घरमै परामर्श र स्वास्थ्य सुरक्षासहितको सेवा (भिडियाे)


0
Shares

जितेन्द्र भण्डारी

पाँचथर । कोरोना संक्रमितको घर–घरमै पुगेर मनोवल बढाउने काम पाँचथरमा प्रभावकारी देखिएको छ । संक्रमितलाई स्वास्थ्य परामर्शसहित यसरी औषधी दिन थालेपछि कोरोना संक्रमितहरुले पनि मनोवल उच्च भएको प्रतिक्रिया दिएकाछन् ।

अहिले जिल्ला कोराना संक्रमण ब्यवस्थापन समितीको संयोजक तथा प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद ढकालको नेतृत्वमा खटिएको विभिन्न टोलीले घर घरमै पुगेर कोरोना संक्रमितहरुलाई सम्झाउने,बुझाउने र परामर्श दिँदै आयुर्वेदिक औषधी समेत दिने गरेका छन् ।

यो अभियानले समुदायमा सकरात्मक सन्देश जाने र कोरोना संक्रमितहरुको पनि मनोवल उच्च रहने भन्दै जनप्रतिनिधीहरुले समेत यो अभियानलाई सकरात्मक रुपमा लिएका छन् । फिदिम नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष गोपाल गुरुङ र वडा नम्बर ८ का वडाअध्यक्ष शेर बहादुर नेम्बाङले पनि कोरोना संक्रमितहरुको हेरचाह र निःशुल्क औषधि र परामर्शले कोरोना संक्रमतिहरुलाई सजिलो भएको बताउनुभयो ।

जिल्ला आयुर्वेद औषधालय बाट दिइएका आयुर्वेदिक औषधीले कोरोना संक्रमितको रोग प्रतिरोधात्मक क्षमता वढाउने र विरामी चाँडै निको हुन मद्धत पुग्ने जिल्ला आयुर्वेद औषधालयका प्रमुख डाक्टर संजीव यादव बताउनुहुन्छ ।

कोरोना संक्रमितहरुको घरघरमा जाँदा संक्रमितहरुको मनोवल उच्च हुने,समुदायमा जागरण आउँदै सकरात्मक सन्देश फैल्ने भएको हुँदा फिदिम नगरपालिकाका १४ वटै वडामा रहेका कोरोना संक्रमितको घरमा टोली पुग्ने फिदिम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अम्बिका अधिकारी बताउनुहुन्छ ।

जिल्लामा कोरोना संक्रमितहरुको स्वास्थ्य सामाग्री,उपचार गर्नको निम्ति भन्दै फिदिम नगरपालिकाले पाँचथर अस्पताललाई २० लाख रुपैया र जिल्ला कोरोना संक्रमण ब्यवस्थापन समितीलाई ६ लाख रुपैया सहयोग गरेको छ । कोरोना पोजेटिभ भएपछि पनि संक्रमितहरु बजार,पसल,तथा गाउँघर डुल्न थालेको पाइएपछि घरमै गएर उनीहरुलाई सम्झाई बुझाई गरी परामर्श दिँदै,स्वास्थ्य सामाग्री उपलब्ध गराउँदा समुदायमा त्यसको सन्देश राम्रो जाने प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद ढकाल बताउनुहुन्छ ।

पछिल्लो समय जिल्लामा कोरोना संक्रमितहरु वढ्न थालेपछि त्यसलाई न्यूनीकरण गर्न थालिएको यो अभियानले नागरिकहरुले समेत सकरात्मक रुपमा लिएका छन् । जिल्लामा संक्रमितहरुमा चेन ब्रेक हुने भन्दै अहिले तरकारी,फलफूल पसल र दूग्धजन्य डेरीहरु बाहेक सवै बजार पसल,सवारी साधान ठप्प पारिएको छ ।