८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


कोरोना संक्रमितको उपचारको लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु


0
Shares

इलाम । इलाममा कोरोना संक्रमितको उपचारको लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरीएको छ ।

कोरोना संक्रमितले उपचारको क्रममा एम्वुलेन्स नपाएको गुनासो बढ्दै गएपछि निःशुल्क एम्वुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो ।

एम्बुलेन्सको अभावमा संक्रमितको मृत्यु हुने अवस्था सृजना हुन नदिन समाजसेवी डम्बर खड्काले निःशुल्क एम्बुलेन्स सेवा सुरु गर्नु भएको हो ।

खड्काले कोरोना संक्रमित र अन्य रोगका बिरामीहरुलाई अस्पताल, आईसोलेसन वा घर ल्याउन र लैजान निःशुल्क एम्बुलेन्स सेवासिहत जिल्लाका सबै स्थानीय तहमा स्वास्थ्य सुरक्षा सामग्री वितरण गर्नुभएको हो ।

निःशुल्क एम्वुलेन्स सेवा उपलब्ध भएपछि कोरोना संक्रमितले छिटो छरीतो सेवासमेत पाएकाछन् ।

खड्काले दशवटै स्थानीय निकायमा रहेका मजदुरहरुलाई खाद्यान्न, मास्क, सेनीटाइजर, पीपीईलगायतका सुरक्षा सामग्रीसमेत वितरण गर्नु भएको छ ।