
स्याङ्जा । बुटवल पावर कम्पनीले स्याङ्जाको गल्याङ नगर अस्पतालका लागि कोभिड स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको छ ।
आज एक कार्यक्रम गरी कम्पनीले सात लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री अस्पताललाई हस्तान्तरण गरेको हो ।
अस्पतालका अध्यक्ष तथा नगरपालिका प्रमुख भुपराज अधिकारीले स्वास्थ्य सामग्रीले कोरोना संक्रमितको उपचारमा सहज हुने बताउनुभयो ।
बुटवल पावर कम्पनी आँधीखोला जलविद्युत् केन्द्र गल्याङका प्रमुख डोल खरेलले अस्पतालसँग समन्वय गरी अक्सिजनसहितका स्वास्थ्य सामग्री उपलब्ध गराएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्