
काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसै अनुसारको नियम, कानुन, संविधान र व्यवस्था हुनुपर्ने बताउनुभएको छ ।
शनिबार जसपाको पार्टी कार्यालय बबरमहलमा नवनियुक्त मन्त्रीहरूलाई स्वागत कार्यक्रमपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसैअनुसार नियम, कानुन, संविधान र व्यवस्थामा हिमाल,पहाड, तराई र मधेशको जनताको सहभागिता हुनुपर्ने बताउनुभएको हो ।
बहुलताले भरिएको देशमा एकल जातिय राज्यको प्रभाव परेको भन्दै बहुलतामा लैजानुपर्ने उहाँले उल्लेख गर्नुभयो । बहुल राज्य नभएसम्म जनताले अधिकार र पहिचानको निम्ति आन्दोलन गरिरहने उहाँले बताउनुभयो ।
‘बहुल राष्ट्रिय राज्य भएकोले त्यहाँ त्यो अनुसारको नियम, कानुन, संविधान, व्यवस्था, सहभागिता, हिमाल, पहाड, तराई, मधेशका जनताको हुनुपर्छ, विविधताले भरिएको देशमा बहुलता नै हुन्छ’, उहाँले भन्नुभयो ।
राज्य शासनमा सबैको प्रतिनिधित्वका लागि बहुलता शासन हुनुपर्ने उपप्रधानम्नी महतोले बताउनुभयो । त्यसो नभएसम्म नभएसम्म देशमा जनताले आफ्नो अधिकार पहिचानका लागि संघर्ष गरिरहने उहाँको भनाइ छ ।
‘जहाँ–जहाँ एकल जातिय राज्य सञ्चालनमा छ, एकल जातिय प्रभाव छ, त्यसलाई बहुलतामा लैजानुपर्छ,’ उहाँले भन्नुभयो, ‘राज्यको शासन प्रणालीदेखि लिएर सबै ठाउँमा उसको पहिचान, प्रतिनिधित्व हुनुपर्छ ।’
उहाँले संविधान अपूर्ण भएको भन्दै अधिकार र पहिचानको निम्ति जसपाले मिसन चलाउने पनि बताउनुभयो । देशका सबैकुरा ठिकठाक नभएको भन्दै उहाँले नियम, कानुन, संविधान र शासनमा भएको कमिकमजोरीलाई संशोधन र सुधार गर्दैै जानुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्