१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उपप्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको नेपाल पक्षीय १८ संगठनहरूको आपत्ति


0
Shares

काठमाडौं । नेकपा (एमाले) को माधवकुमार नेपाल पक्षका १८ वटा जनवर्गीय संगठनहरूले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । उनीहरूले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै महतोले तत्काल माफी माग्नुपर्ने बताएका छन् ।

उपप्रधानमन्त्री महतोले पदभार ग्रहण गर्ने क्रममा ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’ भनी दिएको अभिव्यक्ति नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानको विरुद्ध भएको विज्ञप्तिमा उल्लेख छ ।

महतोको अभिव्यक्ति संविधानको प्रस्तावना र संविधानको धारा–३ विपरीत रहेको भन्दै उनीहरूले संविधानको मर्मविपरीत कुनै पनि काम नगर्ने शपथ खाएर संविधानको कार्यान्वयन गर्ने निकायमा पुगेको जिम्मेवार व्यक्तिबाट त्यस प्रकारको अराजक अभिव्यक्ति आउनु बिडम्बनापूर्ण भएको जिकीर गरे ।