
बैतडी । पाटन नगरपालिका–६ स्थित रामेश्वर धाममा राखिएको दानपेटिकाको पैसा चोरी भएको हो ।
दानपेटिका फुटाएर चोरी गरेको पाइएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।
दानपेटिका फुटाएर चोरी गरेको खबर पाएपछि प्रहरी शनिबार सो मन्दिरमा पुगेको थियो । मन्दिरको ढोका र दानपेटिका फुटाएर अज्ञात समुहले पैसा चोरी गरेको मन्दिरका पुजारी हरी प्रशाद जोशीले बताउनुभयो । दानपेटिकामा कति पैसा थियो भन्ने खुलेको छैन ।
उक्त मन्दिरमा गतवर्ष नेपालका प्रथम जगतगुरु मोहन शरणदेवाचार्यद्धारा ज्यार्तिलिङ्ग स्थापना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्