
काठमाडौं । नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि गरेको छ ।
प्रेस विज्ञप्ति जारी गर्दै निगमका प्रवक्ता विनितमणि उपाध्यायले तीनै पदार्थमा दुई रुपैयाँ मूल्य वृद्धि भएको जानकारी दिनुभयो । मूल्य बढेसँगै अब पेट्रोल १ सय २५, डिजल १ सय ८ र मट्टितेल र प्रतिलिटर ८० रूपैयाँ कायम भएको छ ।
निगमले एलपी ग्यासमा भने मूल्यवृद्धि गरेको छैन ।
निगमले पहिले कायम गरिएको मूल्यमा बिक्री गर्दा पनि निगमलाई पन्ध्र दिनमा १ अर्ब १० करोड घाटा भएपछि मूल्यवृद्धि गर्नुपरेको प्रवक्ता उपाध्यायले जानकारी दिनुभयो ।
यो मूल्य समायोजनपछि पनि निगममलाई पेट्रोलमा प्रतिलिटर ५ रूपैयाँ ३२ पैसा, डिजलमा ३ रूपैयाँ १७ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर २५८ रूपैयाँ ४६ पैसा घाटा हुने निगमको दाबी छ।

प्रतिक्रिया दिनुहोस्