
एजेन्सी । भारतीय सरकार र ट्विटरबीचको विवाद पछिल्लो समय उत्कर्षमा पुगेको छ ।
भारतको केन्द्र सरकारले ट्विटरलाई नयाँ डिजिटल नियम तुरुन्त लागू गर्न अन्यथा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ ।
विवाद उत्कर्षमा पुगेपछि ट्विटरले केही भारतीय नेताहरुको भेरिफिकेसन (ब्लु टिक) हटाइदिएको छ ।
ट्विटरले सत्तारुढ दल भाजपा निकट राष्ट्रिय स्वयंसेवक दल (आरएसएस)का प्रमुख मोहन भागवतको अकाउण्ट अनभेरिफाइ गरेको हो ।
यस्तै संघका सुरेश सोनी, अरुणकुमार, सुरेश जोशी र कृष्णगोपालको पनि भेरिफिकेशन हटाइएको छ ।
भारतमा गणतन्त्र दिवसको दिनमा भएको कृषि कानुनको विरोध आन्दोलनमा किसानले ट्याक्टर ¥याली निकालेका थिए ।
आन्दोलनमा ट्विटरले आफ्नो समर्थन रहेको बताएपछि सरकार र ट्विटरबीच विवाद सुरु भएको हो ।
हाल भारतमा बढिरहेको कोरोना संक्रमण नियन्त्रणमा पनि सरकारले प्रभावकारी काम गर्न नसेको भन्दै ट्विटरमा सर्वत्र विरोध भएपछि सरकार र ट्विटरबीचको विवाद झनै उत्कर्षमा पुगेको हो ।
प्रतिक्रिया दिनुहोस्