
काठमाडौं । अमेरिका बस्दै आएका आङ्दावा शेर्पाले लामो लकडाउनका कारण भोकमरीमा परेको बिपन्न समूदायलाई खाद्यान्न सहयोग गर्नु भएको छ ।
युथ जर्नालिष्ट एशोसियशन नेपालको समन्वयमा शेर्पाले काठामाडौको कपन र जोरपाटीमा रहेका अति बिपन्न २५ घर परिवारलाई ५० हजार रुपयाँ बराबरको खाद्यान्न सहयोग गर्नुृ भएको हो ।
लकडाउनका कारण रोजगारी बिहिन बन्न पुगेका ट्रेकीङ् गाईड ,एकल महिला र बिद्यार्थीलाई प्रतिपरिवार पच्चीस केजी चामल, दाल, नुन, तेललगायतका अतिआवश्यकीय उपभोग्य सामग्री बितरण गर्नुृ भएको हो ।
संखुवासभा मकालु गाउपालिका टाँसीगाउँका शेर्पाले अमेरिकामा रहेर पनि आफ्नो जिल्ला र अप्ठ्यारोमा परेका बालबालिकालाईसमेत बिभिन्न सहयोग गर्दे आउनु भएको छ ।
लकडाउनका कारण घर जान नपाएर काठमाडौमा बसेका ङोरुङ भोटेले अप्ठ्यारोमा परेको बेला शेर्पाले गरेको सहयोग पाएपछि खुशी भएकाछन् ।
प्रतिक्रिया दिनुहोस्