१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मदन भण्डारी राजमार्गको काम हुँदै


0
Shares

हेटौँडा । मदन भण्डारी राजमार्गको निर्माणाधीन धरान–चतरा सिन्धुली–हेटौडा सडक अन्र्तगतको मकवानपुरको बागमती नदीमा निर्माणाधीन पुलको ८० प्रतिशत काम सम्पन्न भएको छ ।

मदन भण्डारी राजमार्गका इन्जिनियर विरेन्द्रप्रसाद महतोले १२ वटा पिलर भएको ७ सय १३ मिटर लम्बाइको बागमती पुल २३ करोड ५३ लाख रुपैयाँमा सम्पन्न हुने बताउनुभयो ।

पुल निर्माण ठेकेदार प्रतिनिधि सन्तोष सापकोटाले लकडाउनका कारण निर्माणमा ढिलाई भए पनि असोज मसान्तभित्र निर्माण सम्पन्न हुने गरी काम भई रहेको जानकारी दिनुभयो । पुल निर्माण भएपछि सिन्धुलीका स्थानीयलाईसमेत आफ्ना कृषि उत्पादन बिक्री गर्न र मकवानपुर आउजाउगर्न सजिलो हुने छ ।