१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देउवा भेट्न दाहाल बुढानिलकण्ठमा


0
Shares

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल पक्षलाई एकताका लागि आव्हान गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेताहरूसँग भेटवार्तामा जुट्नु भएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न अध्यक्ष दाहाल बुढानिलकण्ठ पुग्नुभएको हो । उहाँहरूबीच अहिले भेटवार्ता भइरहेको छ । यसअघि दाहालले एमालेबाट निष्कासित नेता माधवकुमार नेपाललाई उहाँकै निवासमा पुगेर भेट्नुभएको थियो ।

एमालेबाट निष्काशित नेपाल–खनाल पक्षसहित विपक्षी पाँच दलको गठबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रूपमा अघि सारेका थिए । ओलीले नेपाल पक्षलाई देउवालाई समर्थन गरेको हस्ताक्षर फिर्ता लिएर एकताका लागि आउन आव्हान गरेपछि नेताहरूको दौडधुप बाक्लिएको हो ।