
हेटौंडा । मकवानपुरको विकट गाउँपालिकाको रूपमा रहेको राक्सिराङ गाउँपालिकामा कोरोना संक्रमितको उपचारको लागि अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याइएको छ ।
गाउँपालिकाको वडा नम्बर ५ ठाडेचुरीमा सोमबार जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले अस्पतालको उद्घाटन गर्नुभएको हो । जिससको ५० लाख र गाउँपालिकाको १५ लाख बजेटमा २६ वेड सहित स्टोर कोठा, औधषि पसल सहित अस्पताल निर्माण गरिएको हो ।
कोरोना महामारीले गाउँमा संक्रमित बढे सँगै अस्थायी रुपमा अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । डाक्टर सहित ५ जना स्वास्थ्यकर्मी साथमा प्रत्येक वेडमा अक्सिजन सहित २६ वेड सञ्चालन गरिएको मल्लले बताउनुभयो ।
विद्यालयमा आइसोलेसन सञ्चालन गरिएको थियो अब संक्रमितलाई खाना सहित अस्पतालमा राखिने अध्यक्ष मल्लले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्