
स्याङ्जा । स्याङ्जामा आउँदो जेठ ३१ सम्मका लागि निषेधाज्ञा बढाइएको छ ।
जेठ २५ गतेसम्मका लागि जारी गरिएको निषेधाज्ञालाई बढाएर जेठ ३१ गते सम्म पुर्याएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । जिल्लामा गत वैशाख २१ गतदेखि निषेधाज्ञा लगाइएको थियो ।
निषेधाज्ञाको अवधिमा राजश्व संकलन, विपद् व्यवस्थापन र सरकारी कामकाजका लागि बाहेक बैंकिङ्ग सेवा समेत पूर्ण रूपमा बन्द गरिने भएको छ । बैकिङ्ग सेवा बन्द भए पनि एटिएम सेवा भने सुचारु राखिने छ ।
औषधिजन्य सामग्री बाहेक खाद्यान्नजन्य सामग्री खरिदका लागि बिहान ५ बजेदेखि ९ बजेसम्म मात्रै खुल्ला राखिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयो ।
अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कन समेत प्रशासनले आग्रह गरेको छ । स्याङ्जामा कोरोना संक्रमण दर बढेसँगै निषेधाज्ञाको समय थप गरिएको हो ।
कोरोनाको दोस्रो लहर चलसँगै जिल्लामा हालसम्म ९३ ज्यान गुमाएका छन् भने दुई हजार छ सय ६३ जना संक्रमित मध्ये हाल एक हजार दुई सय ९३ सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्