
काठमाडौं । सोमबार शेयर बजार सामान्य करेक्सन भएको छ ।
बजार खुलेको केही समय उच्च अंकले बढेर २ हजार ९२८ अंकसम्म पुगेको नेप्से परिसूचक अन्त्यमा शून्य दशमलव २१ अंकले घटेर २९ सय ०६ विन्दुमा बन्द भएको छ । १५ अर्ब ८१ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।
यसदिन विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन र निर्जीवन बीमा समूह बढेका छन् भने वाणिज्य बैंक, ब्यापार र लघुवित्त समूह घटेका छन् । विकास बैंक समूह २ सय ६० अंकले बढेको छ भने जलविद्युत समूह ९२ अंकले बढेको छ । यस्तै फाइनान्स समूह १६३ अंकले बढेको छ ।
सोमबार पनि नेपाल रिइन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी ६२ करोड १७ लाख रुपैयाँको शेयर खरिद विक्री भएको छ ।
प्रतिक्रिया दिनुहोस्