१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


तेह्रथुममा जेठ दोस्रो साताबाटै रोपाईं सुरु


0
Shares

तेह्रथुम । जिल्लाको ग्रामीण क्षेत्रमा यसवर्ष समयै धान रोपाईँ सुरु भएको छ । मनसुन सुरु भएपछि यस वर्ष समयमै रोपाईं सुरु भएको हो ।

आकाशे पानीको भरमा मात्रै धान रोप्दै आएका किसानलाई यस वर्ष समयमै पानी परेपछि धान रोप्न सहज बनेको छ । असारदेखि साउनसम्म रोपाईं हुँदै आएका खेतहरू यस वर्ष जेठको दोश्रो साताबाटै रोपाईं हुन थालेका छन ।

विगतका वर्षमा युवाहरू रोजगारका लागि विभिन्न स्थानमा जाने भएकाले कामदार पाउन मुस्किल भए पनि यसवर्ष भने कोरोना संक्रमणको त्रासले गर्दा विद्यार्थीहरू पनि घरमै रहेकाले खेतीपाती गर्न सहज भएको किसानहरू बताउँछन् ।