१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मन्त्री थापालाई वर्खास्त गर्नुपर्ने माग गर्दै एमालेद्वारा सदन अवरुद्ध


0
Shares

मानबहादुर वली
सुर्खेत । कर्णाली प्रदेशको आठौं संसद अधिवेशनको पहिलो बैठकमा नेकपा एमालेका सांसदहरू अवरुद्ध पारेका छन् । एमाले सांसद्हरूले फौजदारी अभियोग लागेका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अमरबहादुर थापा पदबाट नहटेसम्म संसद चल्न नदिने भनेपछि संसद अवरुद्ध भएको हो ।

बैठकको आरम्भमा नै नेकपा एमालेका संसदीय दलका नेता यामलाल कँडेलले विशेष समयमा बोल्दै जालसाजी मुद्दामा जेल सजाय पाएका नैतिक पतन भइसकेको व्यक्तिलाई प्रदेश सरकारले किन संरक्षण गरेको भन्दै प्रश्न गर्नुभएको थियो ।

तीन तहकै अदालतमा जालसाजी मुद्दाको सजाय भोगिसकेको व्यक्ति कुनै पनि सरकारी पदमा बस्न नमिल्ने व्यवस्था हुदाँहुदै प्रदेश सरकारले संरक्षण गरेकोमा आवत्ति जनाउँदै कँडेलले मन्त्री थापालाई बर्खास्त नगरेसम्म संसद चल्ने वातावरण निर्माण नहुने अडान लिनुभयो ।

‘यस अघिका अभ्यासमा समेत अदालतले दोषी देखाएका प्रदेश सभा सदस्यलाई पद मुक्त गरेर छानविनमा सहयोग गर्ने गरिन्थ्यो,’ उहाँले भन्नुभयो, ‘सभाको मर्यादा र लोकतन्त्रको आचार संहिताको रक्षाको अदालतले पुष्टि गरेको व्यक्ति झण्डा हल्लाउँदै प्रदेशसभा प्रवेश गरेको एमालेले टुलुटुलु हेरेर बस्न सक्दैन ।’

जेल सजाय पाएको व्यक्तिलाई मन्त्री नियुक्त गरिएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा हटाउन माग गर्दै रिट परेको थियो । मन्त्री थापाले किर्ते जालसाजी मुद्दामा लिखित जवाफ मागेको थियो । वैशाख ४ गते थापा मन्त्रीमा नियुक्त भएपछि कृष्णप्रसाद चौलागाईं र सूर्यमणि गौतमले सर्वोच्च अदालतमा परमादेश माग्दै रिट दायर गरेका थिए ।