१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम भोलि प्रस्तुत गर्ने मन्त्रिपरिषद्को निर्णय


0
Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारले मंगलबार प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार दिउँसो ४ बजे आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरिले जानकारी दिनुभयो ।

भोलि ३ बजे सुरु हुने प्रदेशसभा बैठकमा ४ बजे प्रदेश प्रमुख धर्मनाथ यादवले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने मन्त्री चौधरीले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेश सरकारको कोभिड–१९ नियन्त्रण तथा उपचार कोषमा १० करोड थपिएको छ । मन्त्रिपरिषद बैठकले कोरोना उपचारमा थप रकम आवश्यक पर्ने भएपछि रकम थप गरेको मन्त्री चौधरीले बताउनुभयो ।

दोस्रो भेरियन्ट आएपछि १०–१० करोड गरी २० करोड बिनियोजन गरिसकेको उहाँले जानकारी दिनुभयो ।