
ताप्लेजुङ । कर्मचारी अभाव र न्यून बजेटका कारण ताप्लेजुङका विषयगत कार्यालयहरु प्रभावहीन भएका छन् ।
जिल्ला समन्वय समिति ताप्लेजुङले गरेको बार्षिक समीक्षा गोष्ठीमा आ–आफ्ना कार्यालयको प्रगति विवरण पेश गर्दै विषयगत कार्यालयका प्रमुखहरुले कर्मचारीको अभाव र न्यून बजेटले प्रभावकारी सेवा दिन नसकेको बताएका हुन् ।
न्यून बजेट सबै ठाउँमा पु¥याउनुपर्ने र कार्यान्वयन गर्न पनि कर्मचारी अपुग हुने गरेकाले समस्या हुने गरेको उनीहरुको भनाइ छ ।
कार्यालय प्रमुखहरुले समयमै बजेट निकासा हुन नसकेको, कर्मचारीको अभावले काम गर्न नसकिएको र भौगोलिक विकटताका कारण समस्या भएको गुनासो गरे ।
केहीले भने कतिपय आयोजना संचालन गर्न नीतिगत समस्याका कारण समस्या भएको बताएका छन् ।
ताप्लेजुङमा गत आर्थिक वर्ष २०७४/७५ मा ६३ करोड रुपैयाँभन्दा बढी रकम खर्च हुन नसकेपछि फ्रिज भएको थियो ।
१ अर्ब ४० करोड ३५ लाख १४ हजार कूल बजेटमध्ये ६३ करोड ८१ लाख ८२ हजार ३ सय रुपैयाँ फ्रिज भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्