
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसका बारेमा थप जानकारीका लागि चीनलाई दवाव नदिन आग्रह गरेको छ ।
बेलायतले यसअघि कोरोनाको भाइरस चीनको वुहानस्थित ल्याबहरुबाट बाहिरिएको जनाएको थियो । त्यसलगत्तै अमेरिकाले पनि कोरोना भाइरसका बारेमा थप अनुसन्धान गर्न आफ्ना गुप्तचर निकायहरुलाई निर्देशन दिएको छ ।
विश्वभर कोरानाका विभिन्न लहरुहरु फैलिइरहेका बेला डब्लुएचओले कोरानाका बारेमा थप जानकारीका लागि चीनलाई दवाव दिन नहुने जनाएको हो ।
डब्लुएचआको आपतकालीन सहायता कार्यक्रमका निर्देशक माइक रायनले कोरोनसम्बन्धी कुनै पनि सूचनाका लागि चीनलाई दवाव दिन नहुने जनाएका हुन् ।
कोरोना भाइरसको प्रकोपको प्रारम्भिक चरणहरुमा वुहानका ल्याबहरुबाट बाहिरिएको भन्ने आरोपको चीनले प्रतिवाद गर्र्दै आएको छ । यसअघि चीनको भ्रमण गरेका डब्ुलएचओका प्रतिनिधिहरुले पनि सत्य सूचनाका लागि ती ल्याबहरुमा पुग्न नसकेको जनाएका थिए ।
यसअघि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि चीनले कोरोना भाइरस चुहावट गरेको भन्दै आलोचना गर्नुभएको थियो । त्यसयता कोरोना भाइरसका बारेमा पारदर्शी रुपमा सूचना प्रवाह नगरेको भन्दै चीनको व्यापक आलोचना हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्