२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


आफ्नो देशमा चीनको आर्थिक प्रभाव रोक्न अमेरिकाद्वारा नयाँ कानुन प्रस्ताव


0
Shares

एजेन्सी । अमेरिकाले चीनसँग बढ्दो आर्थिक प्रभाव रोक्न भन्दै नयाँ कानून प्रस्ताव गरेको छ ।

अमेरिकामा चीनले प्रविधिको क्षेत्रमा अर्बौं डलर लगानी गरेर आफ्नो प्रभाव कायम राख्न खोजको भन्दै अमेरिकी राष्ट्रपतिले सो कानुन ल्याउने भएको सीएनएनले जनाएको छ ।

राष्ट्रपति निर्वाचित भएलगत्तै बाइडेनले गरेको प्रतिवद्धता अनुसार सो कानुन ल्याइएको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

नयाँ कानुनले चीनको लगानी नियन्त्रण गर्नुका साथै अमेरिकी नव लगानीकर्ताहरुलाई प्रोत्साहन गर्ने ह्वाइटहाउसको दावी छ ।

नयाँ प्रस्तावित कानुन संसदका दुवै सदनले पारित गरेलगत्तै कार्यान्वयनमा आउने बताइएको छ । तर कतिपय विपक्षी दलका सांसदहरुले भने बाइडेनको कदमको विरोध गरेका छन् ।

उनीहरुले सरकारको सो योजनाको विरुद्धमा मतदान गर्ने चेतावनीसमेत दिएका छन् ।

अमेरिकाको कदमले नासाका गतिविधि अघि बढाउन सहज हुने अधिकारीहरुले दावी गरेका छन् । यस्तै साइबर सुरक्षा र अन्य प्राविधिक सुधारका लागि लगानी थपिने उनीहरुको अनुमान छ ।