
पाँचथर । पाँचथरको फिदिम नगरपालिका जोरसालमा ग्यास लिक हुँदा सल्केको आगोले पोलेर घाइते भएकी महिलाको मृत्यु भएको छ ।
पतिको काजकिरियाका लागि बसेको अवस्थामा आगो सल्कँदा घाइते भएकी चनमाया सापकोटाको आज बिहान मृत्यु भएको हो ।
उनको उपचारका क्रममा मेची अस्पताल झापामा मृत्यु भएको हो ।
छोराहरु दिनानाथ र पवन सापकोटाको मेची अस्पताल झापामै उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्