
काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाई सुरु भएको छ । यसअघि लगातार दुई दिन स्थगित भएको सुनुवाई आजबाट सुरु भएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आफूसँगैं न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आन्नन्दमोहन भट्टराइ सम्मिलित इजलाशमा सुनुवाई सुरु भएको हो ।
संवैधानिक इजलासमा शेर बहादुर देउवाको रिट निवेदनमा बहस सुरु भएको छ । बहसका लागि डेढ घण्टाको समय छुट्याइएको छ ।
यसअघि प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर राणा अस्वस्थ भएपछि सुनुवाई स्थगित भएको थियो ।
सरकारको शिफारिसमा गत जेठ ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि परेको रिटमा जेठ १४ गतेबाट सुनुवाई सुरु भएपनि विवादका कारण हालसम्म पनि बहस मूल विषयमा प्रवेश गर्न सकेको थिएन् ।
प्रतिक्रिया दिनुहोस्