१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दश वर्षदेखि अलपत्र परेको पक्की पुल निर्माण सम्पन्न


0
Shares

सिन्धुली । मदन भण्डारी राजमार्ग अन्तर्गत कमला नदीको झुगामा पक्की पुल निर्माण सम्पन्न भएको छ ।

पुल दश वर्षदेखि अलपत्र अवस्थामा रहेको थियो । पुल निर्माणको ठेक्का लिएको पप्पु कन्ट्रकसनलाई सरकारले कालो सुचिमा राखेपछि लुम्बिनी कन्ट्रक्सनले पुल निर्माण कार्य सम्पन्न गरेको हो ।

सिन्धुलीको दुधौली नगरपालिकाको वडा नम्बर २ र ३ लाई जोडने गरी कमला नदीमा पक्की पुल निर्माण गरीएको हो । पुल निर्माण सम्पन्न भएसँगै सिन्धुलीको कमलाखोच क्षेत्रका स्थानीयलाई प्रत्यक्ष फाइदा पुगेको छ ।