
हेटौँडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम भोली सार्वजनिक हुने भएको छ ।
बागमती प्रदेशको आठौं अधिवेशनको चौथो बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक हुने भएको हो ।
नीति तथा कार्यक्रम सार्वजनिक गर्न हिजो बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकको सिफारिसमा प्रदेश प्रमुख प्रसाईले प्रदेशसभाको आठौं अधिवेशनको चौथो बैठक आह्वान गर्नु भएको हो ।
प्रदेशसभाको गत जेठ १७ गते बसेको आठौं बैठकमा सरकारको बजेटको सिद्धान्त र प्राथमिकताको विषयमा छलफल भएको थियो ।
प्रदेशसभाले यस वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्