१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ


0
Shares

चितवन । जिल्लामा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले ८ वर्षीय नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दिपमान सिंहलाई पक्राउ गरेको हो ।

उदयपुर घर भई चितवन बस्दै आएका ३८ वर्षीय सिंहलाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिनुभयो ।