१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कृष्ण थापालाई पदमुक्त नगर्न सर्वोच्चले दिएको अन्तरिम आदेशविरुद्ध तीन निवदेन दर्ता, पेशी भोलिलाई


0
Shares

काठमाडौं । गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चा पार्टीका प्रदेशसभा सांसद कृष्ण थापालाई सांसदको रूपमा काम गर्न दिने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध तीनवटा भ्याकेट निवेदन परेका छन् ।

राष्ट्रिय जनमोर्चा, प्रदेश सभामुख नेत्रनाथ अधिकारी र सचिवालयले सर्वोच्चको अन्तरिमक आदेशविरुद्ध भ्याकेट निवेदन दर्ता गरेका हुन् । उनीहरूको निवेदनको पेशी बिहीबारलाई तोकिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो ।

सर्वोच्चले आइतबार सांसद थापालाई पदमुक्त नगर्न अन्तरिम आदेश दिएको थियो । न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई पदमुक्त गर्ने निर्णयको कार्यान्वयन गर्न अन्तरिम आदेश जारी गरेको थियो । निवेदनमाथिको प्रारम्भिक सुनुवाइबाट ‘सुविधा र सन्तुलनमा क्षति पर्ने’ यो अन्तरिम आदेश जारी भएको थियो ।

पार्टीको निर्णयविपरीत नेकपा (एमाले) का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई साथ दिएको भन्दै थापालाई पार्टीले कारवाही गरी प्रदेशसभा सदस्यबाट पदमुक्त गराएको थियो । थापाले गुरुङको विकल्पमा अर्को सरकार बनाउने विपक्षी गठबन्धनमा हस्ताक्षर गर्न अस्वीकार गरेका थापा एमाले र जनमोर्चाको तालमेलका आधारमा बाग्लुङबाट विजयी भएका थिए ।