१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिकाद्वारा नेपालमाथिको यात्रा प्रतिबन्ध कायमै


0
Shares

एजेन्सी । अमेरिकाले कोरोना संक्रमणको जोखिम देखाउँदै नेपालमाथि लगाएको यात्रा प्रतिबन्धलाई कायमै राखेको छ ।

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र सीडीसीले नयाँ सूचना जारी गर्दै नेपालसहित भारत, पाकिस्तान लगायतका मुलुकमा लगाइएको प्रतिबन्ध कायमै रहेको जनाएको हो । नेपालमा कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेको भन्दै सीडीसीले लेभल–४ को ट्राइभल एड्भाइजरी जारी गरेको हो ।

यद्यपि जापान लगायतका पाँच दर्जनभन्दा बढी देशलाई कोरोनाविरुद्धको खोपको पूर्ण डोज लगाएपछि मात्र भ्रमण गर्न मिल्ने सूचीमा राखिएको छ । सीडीसीले यात्रा गर्न सकिने देशहरूको सूचीमा परिवर्तन गर्दै केही खुकुलो बनाएको छ ।

६४ वटा देशमा भ्याक्सिन लगाएरै यात्रा गर्न सकिने भनिएको छ । जुलाइ २३ देखि जापानमा ओलम्पिक सुरु हुने भएकाले अमेरिकाले भ्रमण नीतिमा केही खुकुलो बनाएको हो । नेपालसहित दक्षिण एसियाका अन्य मुलुक, ल्याटिन अमेरिकी तथा अफ्रिकाका कैंयन मुलुक भ्रमण गर्न नहुने सूचीमा छन् ।