
एजेन्सी । कोरोना महामारीकै बीच मंगोलियामा नयाँ राष्ट्रपतिका लागि मतदान भएको छ । सन् १९९२ मा कम्युनिष्ट शासन पतनपछि बुधबार छैटौं पटक राष्ट्रपतिका लागि निर्वाचन भएको हो ।
राष्ट्रपतिका उम्मेदवारहरूमा मंगोलियन पिपुल्स पार्टीबाट पूर्व प्रधानमन्त्री उखनाजिन खुरेलसुख चुनावी मैदानमा हुनुहुन्छ । खुरेलसुखका मुख्य प्रतिस्पर्धीका रूपमा डेमोक्रेटिक पार्टीका सोड्नो जुन दुइन एर्डिन रहनुभएको छ ।
डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति बन्नु भएका बाटुल्गा खल्टमाले यसपटक उम्मेदवारी दिनुभएको छैन । मंगोलियाको संविधान अनुसार कोही पनि व्यक्ति दुई कार्यकाल भन्दा बढी राष्ट्रपति हुन पाउँदैनन् । मंगोलियामा राष्ट्रपतिको कार्यकाल छ वर्षको हुने प्रावधान छ ।
मंगोलियाको निर्वाचन आयोगका अनुसार चुनावका लागि २१ लाख ५१ हजार व्यक्तिको नाम मतदाता सूचीमा रहेको छ । निर्वाचन परिणाम आउन केही दिन लाग्ने छ ।
प्रतिक्रिया दिनुहोस्