
काठमाडौं । चन्द्रागिरी नगरपालिकास्थित् मातातीर्थ सामूदायिक अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ ।
मातातीर्थ सामूदायिक अस्पतालमा सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले अक्सिजन प्लान्टको उद्घाटन गर्नुभयो । प्लान्टले २४ घण्टामा ४० लिटर क्षमताको ४० देखि ४८ वटा सिलिण्डर भर्ने अस्पताल प्रशासनले जनाएको छ ।
चन्द्रागिरीको वडा नम्बर ८ का अध्यक्ष सन्तोष खड्काले सबै नगरवासी, प्रदेशसभाका सदस्यहरू र जनप्रतिनिधिहरूको सहयोगले चाँडै नै अक्सिजन प्लान्ट जडान गर्न सकिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्