
काठमाडौं । काठमाडौंको व्यस्त चोकहरूमध्येको एक नयाँ बानेश्वरमा आकाशे पुलको ट्रस्ट राखिएको छ ।
संघीय संसद भवन नजिकै रहेको चोकमा कार्यालय समयमा र साँझको समयमा बाटो काट्ने यात्रीले सास्ती खेप्दै आएका छन् । बुधबार अपरान्ह भुइँमा बनाइएको फलामको ट्रस्टलार्य आकाशे पुलको पिल्लरमा जोडिएको छ ।
बानेश्वर चोकबाट पश्चिमतर्फ ५० मिटरको दुरीमा रहेको यो पुलले दैनिक १५ हजार जना व्यक्तिलाई वारीपारी गर्न सहज बनाउने छ । यस्तै भुइँमा सडक ट्राफिकलाई समेत सहज बनाउने छ ।
आकाशे पुल निर्माण अनुगमन गरिरहेको काठमाडौं सडक डिभिजन कार्यालयका प्रमुख कुवेर नेपालीले यो पुल यसै आर्थिक वर्षमा निर्माण सम्पन्न भइ प्रयोगमा आउने बताउनुभयो ।
३८ मिटर लम्बाईको यो पुल मान्छे मात्र वारपार गर्न मिल्ने गरी बनाइएको छ । यो पुलको निर्माण लागत ३ करोड १० लाख रहेको छ । मान्छे हिड्ने फुटपाथको चौडाइ ३ मिटरको छ भने यो पुल जमिनबाट ५ मिटर माथि रहेको छ ।
प्रतिक्रिया दिनुहोस्