
काठमाडौं । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङको काठमाडौं, सिन्धुपाल्चोक, मोरङ र खोटाङमा गरी १४ ठाउँमा २० रोपनी भन्दा बढी जग्गा रहेको पाइएको छ ।
मन्त्री तामाङले बुझाएको सम्पति विवरणमा तामाङको नाममा सिन्धुपाल्चोक र काठमाडौंका चार ठाउँमा र श्रीमती उषाकला राईको नाममा ११ ठाउँमा जग्गा रहेको छ ।
तामाङको नाममा रहेको काठमाडौं र सिन्धुपाल्चोकको जग्गाको स्रोत अंश र पुख्र्यौली भनिएको छ भने राईको खोटाङमा रहेको जग्गाको स्रोत पुख्र्यौली भनिएको छ । बाँकी ठाउँको जग्गा प्राप्तिको स्रोत खुलाइएको छैन् ।
यस्तै स्वास्थ्यमन्त्री तामाङले बुझाएको सम्पति विवरणमा २२ तोला सुन रहेको छ । यो सुन पुख्र्यौली र केही खरिद रहेको तामाङले बुझाएको विवरणमा उल्लेख छ ।
यस्तै तीनवटा बैकमा रहेको खातामा तामाङ र श्रीमती राईको ३ लाख २७ हजार ३५० रुपैयाँ नगर रहेको छ । यस्तै कम्पनीको शेयर, ऋणको विवरणसमेत तामाङको नाममा छ ।
त्यस्तै सवारी साधनमा एउटा मोटरसाइकल र एउटा कार रहेको छ । अन्य विवरणमा तीन थान ल्यापटप र तीन वटा मोबाइल रहेको छ ।
प्रतिक्रिया दिनुहोस्