
रुपन्देही । रुपन्देहीको स्मार्ट कृषि गाँउ मंगलपुरले अनुदानमा किसानहरुलाई यान्त्रिक औजार वितरण गरेको छ ।
कृषि यान्त्रिकरणको माध्यमबाट कृषि व्यवसायको आधुनिकीकरण गर्दै दिगो आर्थिक विकास गर्ने लक्ष्यले उपकरण बितरण गरीएको हो ।
अझै पनि अधिकांश ठाउँमा परम्परागत हाते यन्त्र र जमिन तयार गर्न पशुद्वारा सञ्चालित काठे हलोमा नै निर्भर भएको अवस्थामा आधुनिक उपकरणले कृषकहरुलाई सहज हुने बताइएको छ ।
आधुनिक तरिकाले कृषि पेसा गर्न तिलोत्तमा रहेको मंगलपुर स्र्माट कृषि गाउँले अनुदानमा उपकरण वितरण गरेको स्मार्ट कृषि गाउँका संयोजक पन्नेलाल केवटले बताउनुभयो ।
उत्पादन बढाउन, लागत घटाउन र मुनाफा बढी लिन यान्त्रीकरणले सहयोग मिल्ने भएकाले स्मार्ट कृषि गाउँले अनुदानमा मेसिन उपलब्ध गराएको हो ।
यान्त्रिकरणको माध्यमबाट कृषि प्रणालीमा आधुनिकीकरण एवम् व्यावसायिकरण गरी राष्ट्रिय विकासमा योगदान पु¥याउन लुम्बिनी प्रदेश सरकारले स्मार्ट कृषि गाउँ सञ्चालन गरेको हो ।
प्रतिक्रिया दिनुहोस्