
विराटनगर । प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारीले स्वास्थ्य, कृषि र पूर्वाधार निर्माणमा केन्द्रित गर्दै नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।
नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रणका लागि जनस्वास्थ्य, अस्पताल, स्वास्थ्य केन्द्र, सरसफाइ र पोषणसम्बन्धी कार्यलाई सरकारको मुख्य प्राथमिकतामा परेको छ ।
यस्तै, आउँदो वर्ष थप पाँच जिल्लामा बहुपक्षीय पोषण कार्यक्रम पूर्ण रूपमा सञ्चालन गरिने नीति सरकारले लिएको छ ।
विद्यालय शिक्षाको स्तरोन्नति गर्ने, प्राविधिक शिक्षालाई प्रोत्साहित गर्ने, स्थापित विश्वविद्यालय, महाविद्यालयलाई सबलीकरण गरिने विषय पनि कार्यक्रममा समेटिएको छ ।
प्रतिक्रिया दिनुहोस्