१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


क्रेनले विद्युत लाईन छुँदा करेण्ट लागेर दुईको मृत्यु


104
Shares

सोलुखुम्बु । सोलुखुम्बुको पत्तालेको मुल सडकमा क्रेनले विद्युत लाईन छुँदा करेण्ट लागेर क्रेनमा सवार दुई जनाको घटनास्थलमा नै मृत्यू भएको छ ।

सोलुदुधकुण्ड नगरपालिका ८ पत्तालेको सेतो माने नजिकै क्रेनले आज विहान साढे ८ बजे ३३ केभिए प्रसारण लाईनमा छुँदा सवार चारजना युवा मध्ये घटनास्थलमै दुई जनाको मुत्यू भएको हो भने अन्य २ जना घाईते भएका छन् ।

मृत्यू हुनेमा लोबेड गाडी चालक बाग्लुङका २६ बर्षिय भुमिराज मरासिनि र क्रेन चालक स्याङजाका २४ बर्षिय राम परियार रहेका छन् ।

ग. १ ज. ५१७३ नम्बरको उक्त गाडीमा सवार अन्य दुई जना घाइते भएको र घाइतेको उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कवित कटुवालले जानकारी दिनुभयो ।