१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


युरोकप : इटालीको शानदार जित


0
Shares

एजेन्सी । उपाधि दावेदार इटालीले युरोकप फुटबलमा शानदार सुरुवात गरेको छ ।

इटालीको रोममा गएराति भएको खेलमा घरेलु टोलीले टर्कीलाई ३–० ले हरायो । इटालीको जितमा सिरो इमोबिल र लोरेन्जो इन्सीग्नेले एक एक गोल गरे ।

थप एक गोल टर्कीका मेरिह डिमाइरलबाट आत्माघाति स्वरुप भएको थियो । जितसँगै इटालीले आफ्नो अपराजित यात्रालाई २८ खेलसम्म लम्ब्याएको छ ।

सन् २०१८ को विश्वकपमा छनौट हुन नसकेपछि रोबर्टो म्यान्सीनीले प्रशिक्षण समालेयता इटालीले सुधारिएको प्रदर्शन गरिरहेको छ ।

युरोकप फुटबलमा आज तिन खेल हुनेछन् । समूह ‘ए’ को खेलमा वेल्सले स्विट्जरल्याण्डसँग खेल्दा समुह ‘बि’ का खेलहरुमा बेल्जियम र रुस तथा डेनमार्क र फिनल्याण्ड भिड्नेछन् ।