१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


युरोकप फुटबलमा आज तीन खेल हुँदै


0
Shares

एजेन्सी । युरोकप फुटबलमा आज तीन खेल हुँदैछन् । समूह ‘ए’ को दोस्रो खेलमा आज साँझ वेल्सले स्विट्जरल्याण्डको सामना गर्नेछ ।

यसैगरी आजै समूह ‘बि’ का खेलमा बेल्जियम र रुस तथा डेनमार्क र फिनल्याण्ड भिड्नेछन् ।

हिजो सुरु भएको प्रतियोगिताको उद्घाट खेलमा टर्कीलाई ३–० ले हराउँदै इटालीले शानदार सरुवात गरेको छ । इटालीको रोममा गएराति भएको खेलमा घरेलु टोलीका लागि सिरो इमोबिल र लोरेन्जो इन्सीग्नेले एक एक गोल गरे ।

थप एक गोल टर्कीका मेरिह डिमाइरलबाट आत्माघाति स्वरुप भएको थियो । जितसँगै इटालीले आफ्नो अपराजित यात्रालाई २८ खेलसम्म लम्ब्याएको छ ।