
सोलुखुम्बु । सोलुखुम्बुमा कोभिड–१९ बाट थप एक जनाको मृत्यु भएको छ ।
खुम्बु पासाङल्हामू गाउँपालिका–३ मन्जोकी ४६ वर्षीया सङ्क्रमित महिलाको मृत्यु भएसँगै जिल्लामा कोभिडबाट मृत्यु हुनेको संख्या १० पुगेको हो ।
होम आइसोलेसनमा बसेकी महिलाको अक्सिजन लेवल कम भएपछि थप उपचारका लागि लुक्ला अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको स्वास्थ्य शाखा संयोजक अर्थिमाया तामाङले जानकारी दिनुभयो ।
जेठ २३ गते गरिएको एन्टिजेन परीक्षणमा महिलालाई कोभिड पुष्टि भएको थियो । खुम्बु पासाङल्हामूमा मात्रै चार जना कोभिड संक्रमितको मृत्यु भइसकेको छ ।
त्यस्तै, संक्रमणपछि श्वासप्रश्वासमा समस्या भएपछि नाम्चे प्रहरी चौकीमा कार्यरत प्रहरीलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ ।
एक हप्ताअघि कोभिड पुष्टि भएका उनलाई सिम्रिक एयरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्